ट्रम्पले रोकेका थिए नेपालमा पूर्वसूचना प्रणाली परियोजना
barnanmedia.com · Fri Sep 04 03:49:20 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बजेट कटौती गरेपछि नेपालमा प्राकृतिक प्रकोपको पहिचान र पूर्वसूचना प्रणाली विकासका लागि सञ्चालित एक महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना ठप्प भएको छ। सीएनएनका अनुसार बजेट रोकिँदा जलवायु परिवर्तनका कारण बढ्दो पहिरो, आकस्मिक बाढी र हिमताल विस्फोटको जोखिम अध्ययन गर्दै आएको ‘प्रोजेक्ट सर्भिर–हिन्दुकुश हिमालय’को अनुदान प्रभावित बनेको हो।
नेपाल र चीनको सीमावर्ती हिमाली क्षेत्रमा गएको भीषण पहिरो र बाढीका कारण १० सयभन्दा बढी मानिसको ज्यान गएको विपद्को पृष्ठभूमिमा सीएनएनले प्रकाशित गरेको समाचारमा ट्रम्प प्रशासनको वैदेशिक सहायता कटौती नीतिका कारण यो दीर्घकालीन परियोजना प्रभावित भएको उल्लेख छ। नासा, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) र इसिमोडको संयुक्त पहलमा सन् २०१० देखि सञ्चालित यो कार्यक्रमलाई बिना कुनै पूर्वसूचना सन् २०२५ को सुरुवातमा अचानक रोकिएको थियो। यस कार्यक्रमले हालैको ठूलो विपद् पूर्णरूपमा रोक्न नसके पनि भविष्यमा आउन सक्ने यस्तै जोखिमहरूबाट तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोगाउन पूर्वसूचना प्रणालीको जग बसाल्ने काम गरिरहेको समाचारमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)