कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)
khabarhub.com · Fri Sep 04 04:07:06 GMT 2026

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।
जन्माष्टमीका अवसरमा बिहानैदेखि ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शन तथा पूजा–अर्चना गर्ने भक्तजनको घुइँचो लागेको छ। भगवान् श्रीकृष्णको दर्शन र पूजा गर्न भक्तजन लामो लाइनमा बसेका छन्। भजन–कीर्तन गर्दै तथा श्रीकृष्णको नाम स्मरण गर्दै भक्तजन मन्दिर पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)