लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार
nagariknews.nagariknetwork.com · Fri Jun 26 10:48:30 GMT 2026

उत्तरगया गाउँपालिका-५ स्थित त्रिशूली नदीबाट खनिएको बेतेगौँडा, पहिरेबेँसी कैदलटार सिँचाइ आयोजना बाढीका कारण अवरुद्ध भएपछि सो क्षेत्रमा निर्माणाधीन ३७ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने उपकरण उपलब्ध गराएको हो। बाढीले तीन सय मिटरभन्दा बढी भूभाग क्षति पुर्याएको थियो।
उक्त उपकरणको सहायताले पहिरेबेँसी, कैदलटारलगायत क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उत्तरगया गाउँपालिका-४ का वडाध्यक्ष अम्मरबहादुर बुलुनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)