अध्यादेशमार्फत भए पनि ‘सनसेट ल’ ल्याउनुपर्छ : अध्यक्ष कार्की
baahrakhari.com · Fri Jun 12 05:15:47 GMT 2026

काठमाडौं । सरकारले अध्यादेशबाटै भए पनि ‘सनसेट ल’ ल्याएर जलविद्युत् क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले प्रत्येक वर्ष सरकारले अध्यादेशबाटै सनसेट ल ल्याएर विकास अगाडि बढाउनुपर्नेमा जोड दिए ।
“संसद्बाट (ऐन) ल्याउँदा एक–डेढ वर्ष लागिहाल्छ । त्यसकारण सरकारले अध्यादेशबाटै संक्षेत्रलाई ल्याएर लागु गर्नुपर्छ,” उनले भने “जलविद्युत्को विकासका लागि सरकारले आफ्नो वाचापत्रमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि पनि संक्षेत्र ल्याएर काम सुरु गरिहाल्नुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)