सत्तापक्षका विपक्षी अमरेश ! किन भने– संसद भवन, प्रधानमन्त्री र मन्त्री पद भत्काइदिऊँ ?
shilapatra.com · Tue May 19 09:57:02 GMT 2026

रास्वपाबाट जितेका सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभामा विपक्षको शैलीमा प्रस्तुत भएका छन् । प्रतिनिधिसभामा बजेटको विनियोजन प्राथमिकतामाथिको छलफललाई लिएर अमरेश आक्रोशित भएका हुन् । पटक–पटक सांसद भए पनि यस्तो गलत अभ्यास नदेखेको भन्दै उनले आफ्नै सरकारका प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीको कार्यशैलीमाथि आपत्ति जनाएका हुन् ।
परम्परा तोड्ने नाममा संविधान, विधि र प्रक्रिया मिच्न खोजेकोमा उनले आपत्ति मात्रै जनाएनन्, नमान्ने चेतावनीसमेत दिए । सरकारको काम गराइ र प्राथमिकताको तालमेल नमिलेको भन्दै उनले केही गम्भीर कुरा पनि गरे । तराई–मधेशमा विस्फोट हुन खोजेको, भू–राजनीतिक रूपमा सरकार अफ्ठ्यारो अवस्थामा रहेको जस्ता अर्थपूर्ण भनाइ अमरेशले राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)