रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह
nepallive.com · Fri Sep 04 04:37:32 GMT 2026

काठमाडौं– देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी सूचना अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका स–साना नदीहरूको जलसतह उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ। यी क्षेत्रमा तीव्र बहावसहित आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)