कान्तिपुर भेट ग्रुपले गर्यो विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
himalpress.com · Fri Sep 04 04:39:53 GMT 2026

काठमाडौँ- भेटेरिनरी क्षेत्रमा सक्रिय कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।
गत बुधबार (भदौ १० गते) रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)