विराटनगरमा आगलागी : सटरका सामान जलेर नष्ट,६८ लाखको क्षति
annapurnapost.com · Fri Sep 04 04:38:25 GMT 2026

विराटनगर : विराटनगर महानगरपालिका–३ साइबाबाचोकस्थित व्यावसायिक सटरहरूमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान करिब २:३० बजेतिर मेघराज कोइरालाको घरमा रहेका सटरहरूमा अचानक आगलागी भएको हो ।
घरका सटर भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका पसलमा आगलागी हुँदा विद्युतीय सवारीसाधनदेखि मोटर पाट्र्स र नास्ता पसलका सामानसम्म जलेर नष्ट भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर–२ का श्याम साहले सञ्चालन गर्दै आएको विद्युतीय सवारीसाधनको शोरुमका दुईवटा सटरमा सबैभन्दा बढी क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)