पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
himalpress.com · Fri Jul 03 15:20:42 GMT 2026

काठमाडौँ – केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सालझण्डी–ढोरपाटन सडक, असार १७ गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)