मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
rajdhanidaily.com · Tue May 19 10:10:13 GMT 2026
काठमाडौं । विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी र हरवाचरवाको न्यायोचित पुनःस्थापना तत्काल निष्कर्षमा पुर्याउन सरकारसँग आग्रह गरिएको छ ।
राष्ट्रिय कृषि बँधुवा मजदुर संयुक्त सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको नीतिगत संवादमा सहभागी सरोकारवालाले मुक्तिको घोषणा गरेर पनि वर्षौँदेखि थाती रहेका समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए ।