बिहेघरमा मिसाइल प्रहारको घटनामाथि छानबिन गर्दैछ अमेरिका
ratopati.com · Fri Sep 04 04:50:54 GMT 2026

वाशिङटन डीसी । दक्षिण इरानमा बिहे भइरहेको घरमा अमेरिकी मिसाइल लागेर चार जनाको मृत्यु भएको घटनामाथि अमेरिकी सेनाले छानबिन गर्ने भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । सिरिक शहरमा मिसाइलको छर्राले बिहे घरमा लागेका मंगलबार मानवतावादी समूह इरानियन रेड क्रेसेन्ट सोसाइटी (आईआरसीएस)ले भनेका थियो ।
यसपछि इरानी विदेशमन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले यसलाई युद्ध अपराध भनेका थिए । पश्चिम एसियामा रहेका अमेरिकी सैन्य शिविरमा आक्रमणको जवाफमा अमेरिकाले इरानमा कयौँ मिसाइल प्रहार गरेको थियो । तर सेनाले सर्वसाधारणलाई कहिले पनि निशाना नबनाएको अमेरिकी मध्य कमान्डका प्रवक्ताले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)