भगवती क्लब टोखा पोमोग्रनेट कपको फाइनलमा
baahrakhari.com · Fri Jul 03 15:32:39 GMT 2026
काठमाडौं । भगवती क्लब टोखा तिब्बतको झिनाङस्थित सानान सिटीमा आयोजना भइरहेको 'तेस्रो पोमोग्रनेट सिड कप' फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा भगवतीले तिब्बतको झाङ मिजु युनिभर्सिटीलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
ए डिभिजन क्लब भगवतीले प्रतियोगितामा लगातार खेल जित्दै फाइनलमा प्रवेश गरेको हो । यसअघि टोलीले क्वार्टरफाइनलमा टिम सिगाट्सेलाई १–० ले पराजित गरेको थियो । पहिलो खेलमा ल्हासा टिचर्स कलेज तिब्बतलाई २–१ ले पराजित गरेको थियो भने त्यसपछि अनहुई तिब्बत क्लबलाई ४–० हराएर अगाडि बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)