कृष्ण जन्माष्टमी आपसी सद्भावको पर्वः मुख्यमन्त्री थापा मगर
gorkhapatraonline.com · Fri Sep 04 04:55:23 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले श्रीकृष्ण जन्माष्टमी आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने पर्व भएको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले यस पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री थापा मगरले नेपाली समाजमा श्रीकृष्ण जन्माष्टमीलाई असत्यमाथि सत्य तथा खराबमाथि असल पक्षको विजयको प्रतीकका रूपमा लिने गरिएको बताउनुभयो । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)