मानिसको शरीरमा सुँगुरको मिर्गौलाले गर्यो २७१ दिनसम्म काम
ratopati.com · Fri Sep 04 05:04:43 GMT 2026

वासिङ्टन डीसी । अमेरिकामा आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट प्रत्यारोपण गरिएको मिर्गौलाले मानिसको शरीरभित्र २७१ दिनसम्म काम गरेको छ । चिकित्सकहरूका अनुसार मानिसमा सुँगुरको मिर्गौलाले यति लामो अवधिसम्म काम गरेको यो नै पहिलो पटक हो ।
म्यासाचुसेट्स जनरल अस्पतालका चिकित्सकहरूले २०२५ को जनवरी २५ मा ६६ वर्षीय टिम एन्ड्रयूजको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए । अन्तिम चरणको मिर्गौला रोगबाट पीडित उनलाई टाइप–२ मधुमेहका कारण मिर्गौलाले काम गर्न छाड्दै गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)