दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ लाई दियो २६२ रनको लक्ष्य
nagariknews.nagariknetwork.com · Fri Sep 04 04:55:39 GMT 2026
दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय खेलमा ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको छ। यससँगै नेपाल ‘ए’ ले जितका लागि २६२ रनको लक्ष्य पाएको छ।
दक्षिण अष्ट्रेलियाका लागि डाउट्जी हुगेनबोजमले शानदार शतकसहित १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लाचलान बाङ्सले ४२ तथा जेर्सिस वाडियाले २९ रन जोडे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)