सुनको मूल्य दुई हजार ५०० रुपैयाँ बढ्यो
nagariknews.nagariknetwork.com · Fri Sep 04 05:03:10 GMT 2026

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)