फकल्यान्डमा अर्जेन्टिनाको दाबी बलियो भएको माइलेको भनाइ
barnanmedia.com · Fri Sep 04 04:58:14 GMT 2026

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमा आफ्नो देशको दाबीका पक्षमा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बन्दै गएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्डसम्बन्धी अमेरिकी नीति पुनरवलोकन गर्ने सङ्केत दिनुभएकाले आफूहरूको दाबी बलियो हुने उहाँले बताउनुभएको हो ।
माइलेले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै फकल्यान्डनजिकै ब्रिटिस–इजरायली कम्पनीले अघि बढाएको तेल परियोजनाको विरोध गर्न अर्जेन्टिना ‘चुप लागेर नबस्ने’ बताउनुभयो । उहाँले तेल उत्खननसँग सम्बन्धित कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै परियोजनाले फकल्यान्डमा एकपक्षीय गतिविधि नगर्न दुवै पक्षलाई आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव उल्लङ्घन गरेको दाबी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)