को हुन् दुई जना जो १० दिनपछि त्रिशूली–३ 'ए' सुरुङबाट जीवितै उद्धार भए ?
barnanmedia.com · Fri Sep 04 05:02:16 GMT 2026

भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका दुई जनालाई १० दिनपछि जीवितै बाहिर निकालिएको छ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सञ्जय साह र कविर महर्जनलाई जीवित उद्धार गरेको हो।
उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन् भने कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्। दुवै जनालाई सुरुङबाट बाहिर निकालेपछि प्राथमिक उपचार गरी काठमाडौं अस्पतालतर्फ पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)