शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप प्रदान
nepalnews.com · Fri Jun 26 11:02:43 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। कार्यवाहक प्रमुख सुनीता डंगोल शुक्रबार अस्पतालमा पुगेर खोप प्रदान गरिन्।
खोप प्रदान गर्दै उनले भनिन्, “खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग गरेका हौँ। खोप अभावले आउने विपद् सामनाका लागि प्रतिकार्य हो।” उनले रेबिज जोखिम घटाउन सबै मिलेर काम गर्नुपर्ने बताइन्। “जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल नै हो। यसमा लक्षण पर्खिन सकिँदैन। लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन। यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ‚” उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)