विद्या भण्डारीको प्रमुख आतिथ्यमा एउटै मञ्चमा देखिँदै ओली-प्रचण्ड
barnanmedia.com · Fri Jun 26 10:59:12 GMT 2026

पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका छन्।
मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)