गोरखाको छेपेटारमा ‘१७औँ शताब्दीको’ भग्नावशेष भेटियो
baahrakhari.com · Sat May 17 17:17:25 GMT 2025

गोरखा । जिल्लाको गोरखा नगरपालिका–१०, छेपेटारमा ‘१७औँ शताब्दीको’ भग्नावशेष भेटिएको छ । पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष १७औँदेखि १८औँ शताब्दीका मन्दिरका हुन सक्ने अनुमान गरिएको हो ।
छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष उक्त क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्त्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्त्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)