दुई महानगरसहित ३१ स्थानीय तहको भएन लेखापरीक्षण, अन्य २१ पालिकाले वर्षौँदेखि गराएका छैनन्
ratopati.com · Tue May 19 09:36:47 GMT 2026

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा कागजात जलेका कारण यस वर्ष दुई महानगरसहित ३१ स्थानीय तहको लेखा परीक्षण हुन नसकेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार भरतपुर वीरगञ्ज महानगरपालिको लेखा परीक्षण नभएको हो । जेनजी आन्दोलनका क्रममा कागजात नष्ट भएको कारण देखाउँदै दुई महानगरपालिकासहित ३१ वटा स्थानीय तहको लेखापरीक्षण रोकिएको छ।अन्य २१ वटा पालिकाहरूले वर्षौँदेखि लेखापरीक्षण नै नगराएको महालेखाले आफ्नो ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)