प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज
himalpress.com · Tue May 19 01:32:17 GMT 2026

काठमाडौँ- प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताए। ‘प्रधानन्यायाधीशको नियुक्तिलाई लिएर न्यायालयमा अन्योल बढेको देखियो। हामीबाट सुनुवाइमा ढिलाइ हुँदा देश नै अप्ठ्यारो ठाउँमा नजाओस् भन्ने निष्कर्षमा पुगेर प्रक्रियाबाटै शीघ्र सुनुवाइ गर्ने निर्णयमा पुगेका छौँ,’ उनले भने ।
सभापति श्रेष्ठका अनुसार बिहान ८ बजे शर्माविरुद्ध परेका उजुरी खोलिनेछ। सांसदहरूलाई वितरण गरिनेछ । ९ः४५ मा उजुरीकर्तासँग छलफल गरिनेछ। ‘उजुरीकर्तासँग कति समय लाग्छ, त्यसपछि सुनवाइ हुन्छ,’ उनले भने, ‘अनुमोदन हुने वा नहुने जे भए पनि समिति निर्णयमा पुग्छ ।’ शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन्। २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरिएकोमा सोमबार कार्यालय समयभित्र १६ उजुरी परेका समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)