मधेश विस्फोटको स्थितिमा छ, समयमै उपचार खोजौं– अमरेशकुमार सिंह
lokaantar.com

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारप्रति जनतामा असन्तुष्टि बढेको बताएका छन् । मधेश विस्फोटको स्थितिमा रहेको उनले बताए ।
बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै अमरेशले मधेशमा असन्तुष्टि रहेको बताएका हुन् । ‘म भर्खर हिजो मात्र आएँ, सरकारलाई विनम्रतापूर्वक आग्रह गर्छु । मधेश विस्फोटको स्थितिमा छ,’ उनले भने, विस्फोट हुनुभन्दा पहिले त्यसको उपचार गरौं । किनभने न सत्तामा उसको अनुहार छ, न कुनै नियुक्तिमा । यस्तो ढंगले राज्य चल्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)