घर–टहरा भत्काउन खोजिएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
annapurnapost.com · Tue May 19 07:28:54 GMT 2026

महोत्तरी : डिभिजन वन कार्यालय महोत्तरीले अतिक्रमित जग्गामा घरटहरा हटाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेका छन्। वन अतिक्रमित क्षेत्रमा आवासीय पसल सञ्चालन गरेका ती घरटहरा हटाउन खोजेपछि स्थानीयहरुले टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
व्यापक मात्रामा सुरक्षाकर्मीसहित डोजर लिई त्यहाँका घर भत्काउन खोज्दा उनीहरु आन्दोलित भएका ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। विहान साढे ८ बजेदेखि शुरु भएको आन्दोलन विहान १० वजे वार्तामार्फत सहमति भएपछि आन्दोलन स्थगित भएको प्रहरीले जनाएको छ । बर्दिवास नगरपालिका–५ का वडाअध्यक्ष कारमान स्याङ्गवासँग उक्त घरहरु निर्माण गरिएकामध्ये हुकुम्वासीलाई घर खाली गराउने शर्तमा आजको लागि घरटहरा हटाउने प्रक्रिया स्थगित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)