नेप्से ६.५१ अंकले घट्यो, ३ अर्ब ८ करोडको कारोबार
shilapatra.com · Tue May 19 10:24:28 GMT 2026

शेयरबजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घट्दै २ हजार ७२४.३९ अंकमा झरेको हो ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अंकले घटेर ४६७.३७ अंकमा सीमित भएको छ । आज कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर तीन अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)