कंगोमा इबोलाबाट १३१ जनाको मृत्यु, ५०० भन्दा बढी शंकास्पद बिरामी
baahrakhari.com · Tue May 19 10:33:18 GMT 2026

काठमाडौं । पूर्वी कंगोमा इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरस प्रकोपका कारण १३१ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल घोषणा गर्दै महामारीको तीव्र फैलावटप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
कंगोका जनस्वास्थ्यमन्त्री सामुएल रोजर काम्बाले सोमबार यो जानकारी दिएका हुन् । उनले मृत्यु भएका सबै व्यक्तिको इबोलाकै कारण ज्यान गएको हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशाला परीक्षण जारी रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)