नवनियुक्त उपकुलपतिहरूले लिए पद तथा गोपनीयताको शपथ
nepalnews.com · Fri Jul 03 16:01:32 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन)ले आजै विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)