श्रीलंका र भारतबीचको दोस्रो टेस्टमा बराबरी सकियाे
arthasansar.com · Fri Aug 28 00:35:08 GMT 2026
सोनल दिनुषाको लगातार उत्कृष्ट ब्याटिङसँगै श्रीलंकाले भारतविरुद्धको दोस्रो टेस्ट बराबरीमा टुंग्याएको छ।एसएससी मैदानमा भारतलाई जितका लागि दबाबमा राखे पनि श्रीलंकाले पाँचौँ दिन दृढ ब्याटिङ गर्दै खेल जोगाएको हो।
दिनुषाले दोस्रो इनिङ्समा अविजित १ सय ३३ रन बनाए। योसँगै उनले पछिल्लो चार इनिङ्समा तेस्रो शतक पूरा गरेका छन्। आफ्नो पाँचौँ टेस्ट खेलिरहेका दिनुषाले पहिलो इनिङ्समा पनि १ सय २३ रन बनाएका थिए। भारतले पहिलो इनिङ्समा ९ विकेट गुमाएर ५ सय ३ रनमा इनिङ्स समाप्तिको घोषणा गरेको थियो। देवदत्त पडिक्कलले १ सय १७ तथा ध्रुव जुरेलले अविजित १ सय १५ रन बनाए। श्रीलंकाका लागि असिथा फर्नान्डोले ४ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)