वित्तीय अपराधका ४ मुद्दाले कर्पोरेट क्षेत्रमै हलचल, ८१ जनाविरुद्ध लाग्यो साढे २७ अर्ब रुपैयाँको मुद्दा
clickmandu.com · Fri Jun 12 06:32:33 GMT 2026

काठमाडौं । सरकारी वकिलको कार्यालयले बिहीबार दर्ता गरेका वित्तीय अपराधको ४ मुद्दाले कर्पोरेट क्षेत्रमै हलचल ल्याइदिएको छ । चारवटा मुद्दामा ८१ जनाविरुद्ध साढे २७ अर्ब रुपैयाँभन्दा बढीको विगो दावी गर्दै दायर भएको यो मुद्दाले नेपालको व्यावसायिक इतिहासमै पहिलो पटक प्रतिष्ठित व्यवसायी र ठूला व्यापारिक घरानाहरू संगठित वित्तीय अपराधमा मुछिएका छन् ।
सरकारी वकिल कार्यालयले धितोपत्र बजारमा किर्ते कारोबार, बिमा क्षेत्रमा घोटाला, बैंक कर्जा दुरुपयोग र सम्पत्ति शुद्धीकरण गरी चारवटा छुट्टाछुट्टै गम्भीर मुद्दामा दीपक भट्ट, शेखर गोल्छा, सुलभ अग्रवाल, साहिल अग्रवालसहित ८१ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । यी सबै मुद्दामा गरी कुल २७ अर्ब ६९ करोड रुपैयाँको बिगो दावी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)