प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ
nagariknews.nagariknetwork.com · Fri Jun 12 06:25:29 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।
उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्रीको उपस्थिति खोजेका हुन्। ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्,’ उनले भने, ‘सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो। हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)