एनएसजेएफ अवार्डको वर्ष उत्कृष्ट खेलाडीमा चन्द्र र एरिका
annapurnapost.com · Fri Sep 04 05:41:45 GMT 2026
काठमाडौं : बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ का सर्वश्रेष्ठ खेलाडी बनेका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना गरेको स्पोट्र्स अवार्डको २३ औँ संस्करण कार्यक्रममा चन्द्रबहादुरले वर्षका उत्कृष्ट पुरुष र एरिकाले वर्षकी उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् । एरिका लगातार तेस्रो पटक वर्ष महिला खेलाडी घोषित भएकी हुन् ।
यसैगरी कराँतेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी, कराँतेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मिना सुनारले पिपल्स च्वाइसको अवार्ड जिते । यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरे । यसैगरी अन्य चार विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानितलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)