कृष्णभीरमा ट्रयाक खोल्न थालियो
khabarhub.com · Fri Sep 04 05:52:25 GMT 2026

चितवन – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रूख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्रयाक खोल्ने काम सुरु गरिएको हो ।
निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्रयाक खोल्न थालिएको हो । माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)