त्रिशूली ‘ए’को सुरुङबाट उद्धार गरिएका साहको अवस्था सामान्य, महर्जनको जटिल
ratopati.com · Fri Sep 04 05:55:18 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ ।
जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन् । उनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)