२१औँ शताब्दीमा कृष्ण दर्शनको सान्दर्भिकता र महिमा
ratopati.com · Fri Sep 04 05:57:26 GMT 2026

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन सनातन धर्मावलम्बीहरू भगवान् श्रीकृष्णको जन्मोत्सवलाई 'कृष्णाष्टमी' वा 'श्रीकृष्ण जन्माष्टमी' का रूपमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाउने गर्दछन्। द्वापर युगको अन्त्यतिर कंशको अत्याचारबाट मानवतालाई मुक्त गर्न र धर्मको संस्थापना गर्न विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको प्राकट्य भएको थियो।
श्रीकृष्ण केवल एक ऐतिहासिक वा पौराणिक पात्र मात्र हुनुहुन्न; उहाँ त सम्पूर्ण ब्रह्माण्डका सूत्रधार, पूर्ण पुरुषोत्तम र अनन्त ज्ञानका स्रोत हुनुहुन्छ। उहाँले कुरुक्षेत्रको युद्धमैदानमा अर्जुनलाई माध्यम बनाएर दिनुभएको 'श्रीमद्भगवद्गीता' को सन्देश आज हजारौँ वर्ष बितिसक्दा पनि उत्तिकै जीवन्त र मार्गदर्शन गर्ने खालको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)