सेना तैनाथ नगरेसम्म सीमा समस्या समाधान नहुने साम्पाङको तर्क
nagariknews.nagariknetwork.com · Fri Jun 12 06:54:50 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले देशको सीमा रक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको नेपाली सेनालाई सीमा क्षेत्रको अवलोकनमा समेत नपठाइनुको कारण माग गरेका छन्।
शुक्रबार संसदमा बोल्दै उनले सरकारले सीमामा सेना पठाउन नमिल्ने गरी कतै गोप्य सम्झौता त गरेको छैन भन्दै प्रश्न उठाए। ‘हाम्रो नेपाली सेना सीमामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सीमामा अवलोकन गर्न पनि पठाउन नमिल्ने खालको के कस्तो करार गरेको छ, त्यो करारपत्र वा सन्धि संसद्मा देखाइयोस्।’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)