एआईमा सामसुङको इतिहासकै ठूलो लगानी योजना
arthadabali.com · Fri Jun 26 11:12:04 GMT 2026

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसुङले आगामी हप्ता करिब १० हजार खर्ब वन (करिब छ खर्ब ५० अर्ब अमेरिकी डलर) बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको छ ।
यो लगानी योजना राष्ट्रपति ली जे म्युङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको छ । राष्ट्रपति लीले सोमबार आयोजना गर्ने ‘नेसनल मेगा प्रोजेक्ट’ कार्यक्रममा सामसुङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)