स्याङ्जाको कुन पालिकामा कति बजेट ?
newsofnepal.com · Fri Jun 26 11:12:12 GMT 2026

स्याङ्जा।
स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाले स्थानीय तह संचालन ऐन अनुसारै असार १० मा बजेट ल्याएका हुन् । सबै स्थानीय तहले कुल ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४ सय ७३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका नगरपालिकामध्ये सबैभन्दा बढी पुतलीबजार नगरपालिकाले ९६ करोड ७३ लाख १६ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ६६ करोड २० लाख ४७ हजार ६ सय अर्थात करिब ६८ प्रतिशत र पुँजीगततर्फ झण्डै ३२ प्रतिशतले हुने ३० करोड ५२ लाख ६८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)