राष्ट्रसंघ महासभामा उभिएर जलवायु संकट र असरको कुरा उठाउँछु : प्रधानमन्त्री
himalpress.com · Fri Sep 04 06:35:29 GMT 2026

काठमाडौँ- हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद् र त्यसबाट नेपालले भोगिरहेको क्षतिको विषयलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने तयारी गरेका छन्। महासभामा उनले पछिल्लो समय नेपालले भोगेका विनाशकारी विपद्, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम तथा त्यसको न्यूनीकरण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको भूमिकाबारे नेपालको धारणा राख्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)