संविधान संशोधनको विषयमा लागि पूर्वराष्ट्रपतिहरूले सहमति कायम गर्न सुझाव
barnanmedia.com · Thu Jun 04 23:23:31 GMT 2026

पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीले संविधान संशोधनको विषयमा बृहत् राष्ट्रिय सहमति कायम गर्न सुझाव दिएका छन्। बिहीबार संविधान संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वयसँग छुट्टाछुट्टै गरेको भेटमा उनीहरूले यस्तो सुझाव दिएका हुन्।
पूर्वराष्ट्रपति यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्नुपर्ने बताए। नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधानसभाको समय थपेर गहन छलफल गरेर जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)