बराबरीमा रोकियो रियल
ratopati.com · Sun Nov 09 17:48:00 GMT 2025
म्याड्रिड । ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले पाँच अङ्कको अग्रता अझ बढाउने अवसर गुमाएको छ। आइतबार रियल रायो भायकानोसँग गोलरहित बराबरीमा रोकिएको हो।
३६ पटकको लिग विजेता रियल म्याड्रिड शनिबार भियारियालले स्पान्योललाई २-० ले हराएपछि घटेको सात अङ्कको अग्रता पुनः कायम गर्ने लक्ष्यमा थियो। तर, पछिल्लो पाँच खेलमध्ये तीनमा जित हासिल गरेको भायकानोको टोलीले म्याड्रिडलाई कडा चुनौती दियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)