मितेरीलगायत ४१ पुल क्षतिग्रस्त, चीनसँगको व्यापारिक ‘लाइफलाइन’ अवरुद्ध
annapurnapost.com · Fri Aug 28 00:42:57 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीनबीचको प्रमुख व्यापारिक मार्ग रसुवागढी–केरुङ नाका अवरुद्ध भएपछि यसको प्रत्यक्ष असर नेपालको व्यापार, उद्योग र आपूर्ति प्रणालीमा पर्ने भएको छ। बाढीले मितेरी पुल बगाउनुका साथै रसुवा क्षेत्रमा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकमा ठूलो क्षति पुगेको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध छ। पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)