धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति
farakdhar.com · Sun Apr 14 17:11:54 UTC 2024
चालू वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक समूहका १० जना पुरुष र पाँचजना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)