लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार
nepalpress.com · Fri Jun 26 11:18:14 GMT 2026

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनःसञ्चालनमा आएपछि उत्तरगया गाउँपालिकाका किसान लाभान्वित भएका छन् ।
उत्तरगया गाउँपालिका-५ स्थित त्रिशूली नदीबाट खनिएको बेतेगौँडा, पहिरेबेँसी कैदलटार सिँचाइ आयोजना बाढीका कारण अवरुद्ध भएपछि सो क्षेत्रमा निर्माणाधीन ३७ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने उपकरण उपलब्ध गराएको हो । बाढीले तीन सय मिटरभन्दा बढी भूभाग क्षति पुर्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)