अयोध्याको राम मन्दिर भेटी हिनामिना प्रकरण : प्रारम्भिक छानबिनपछि आठजना पक्राउ
baahrakhari.com · Fri Jun 26 11:18:43 GMT 2026

काठमाडौं । भारतको अयोध्यास्थित राम मन्दिरमा श्रद्धालुहरूले चढाएको भेटी हिनामिना भएको आरोपमा विशेष अनुसन्धान टोली (एसआईटी)ले प्रारम्भिक प्रतिवेदन उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएको छ । प्रतिवेदन बुझाएलगत्तै बिहीबार साँझ आठजनाविरुद्ध जाहेरी दर्ता गरी पक्राउ गरिएको बीबीसी ले जनाएको छ ।
राम मन्दिरको दानपात्रबाट नगद तथा बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको अयोध्याका एसएसपी गौरव ग्रोभरले पुष्टि गरेका छन् । उनका अनुसार, सबै अभियुक्तलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । उनीहरूलाई आगामी एक–दुई दिनभित्र मजिस्ट्रेट अदालतमा पेस गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)