होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी [तस्वीरहरू]
shilapatra.com · Fri Jun 26 11:18:27 GMT 2026

वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् । राज्यबाट जबर्जस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन् । उनीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन गरिएको भन्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)