नारायणगढ–मुग्लिन सडकमा पहिरो नियन्त्रणको काम गरिँदै
nagariknews.nagariknetwork.com · Tue May 19 12:25:53 GMT 2026

नारायणगढ–मुग्लिन सडक खण्डमा उच्च जोखिम न्युनिकरणको लागी पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ।
सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदै छ । नारायणगढबाट ३२ दशमलव एक किलोमिटर मुग्लिनतर्फ खोलो छ, जसको नारायणगढ तर्फको डाँडोको उचाइ १२० मिटर र मुग्लिन तर्फको उचाइ ९० मिटर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)