सहकारी बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड दिने
kendrabindu.com · Tue May 19 13:01:50 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सहकारी क्षेत्रको समस्याको विषयमा मंगलबार राष्ट्रियसभामा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेकोमा थप २५ करोड पनि दिने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)