ढल्को डोजाङ च्याम्पियन
baahrakhari.com · Sun May 18 17:22:57 GMT 2025
काठमाडौं । दोस्रो एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिपको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ । काठमाडौंको टोखा नगरपालिकाको वसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा आयोजित प्रतियोगितामा ढल्को सात स्वर्ण, पाँच रजत र तीन कांस्यसहित कुल १५ पदक जित्दै च्याम्पियन बनेको हो ।
आयोजक एसकेबीसी तेक्वान्दो क्लब पाँच स्वर्ण, तीन रजत र १० कांस्य जित्दै उपविजेता बन्यो । बालाजु तेक्वान्दो डोजाङले तीन स्वर्ण, तीन रजत र ६ कांस्यसहित तेस्रो स्थान हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)