त्रिशूली ३' ए'को सुरूङभित्र एक शव भेटियो
annapurnapost.com · Fri Sep 04 08:52:41 GMT 2026

काठमाडौं : रसुवाको त्रिशूली ३ (ए)को सुरूङभित्र एकजनाको शव फेला परेको छ। नेपाली सेनालगायतको उद्दार टोलीले खोजि तथा तथा उद्दारका क्रममा शव फेला पारेको हो।
यसअघि आजै बिहान नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित चिनियाँ र अमेरिकी विज्ञसमेत संयुक्त टोलीले सञ्जाय साह र कबिर महर्जनलाई जीवितै उद्दार गरेको थियो। दुवैजनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। महर्जनको स्वास्थ्य अवस्था भने जटिल रहेको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)